Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • यी हुन अष्ट्रेलियाबाट बिप्लब समुह परिचालन गरी ३ करोड असुल्न खोज्ने योजनाकार

    यी हुन अष्ट्रेलियाबाट बिप्लब समुह परिचालन गरी ३ करोड असुल्न खोज्ने योजनाकार

    अनलाइन नेपाल
  • मंगलबार, २५ कार्तिक २०७७
  • 6.8K
    SHARES

    काठमाडौं । महानगरीय अपराध महाशाखाले फोनबाट धम्क्याई आपराधिक लाभ लिन खोज्ने ४ जनालाई पक्राउ गरेसँगै घटनाको वास्तविक पोल खुलेको छ ।

    तीन करोड रकम असुल्न बिप्लब समुहको नामबाट धम्की दिएको खुलेपछि महाशाखाले  नुवाकोट ककनी-२ का ३३ वर्षीय बिन्तोष सिलवाल (सुनार), रामेछाप, सुनापती-३ का ३१ वर्षीय रामदल श्रेष्ठ (अटल), काभ्रे, तिमाल-५ का ५२ वर्षीय तिर्थमान तामाङ र चितवन, भरतपुर-१३ का ४२ वर्षीय नन्दुराज आचार्यलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमध्ये नन्दुराज आचार्य कानुन व्यवसायी हुन्।



    उनले तीन करोड रकमको ‘डिल’ दुई करोडमा मिलाइदिने भन्दै कन्सल्टेन्सी व्यवसायीसँग बार्गेनिङ गरेका थिए ।



    महाशाखा स्रोतका अनुसार अष्ट्रेलिया बसेर हुण्डी कारोबार गर्दै आएका सचिन्द्र थापा नामका व्यक्तिले काठमाडौंमा एबिसी एजुकेशन एन्ड माइग्रेसन सेन्टर चलाउने सन्तोष अधिकारी नामका व्यवसायीसँग रकम असुल्न बिप्लब समुहका कार्यकर्तालाई प्रयोग गरेको खुलेको छ।

    विद्यार्थीहरु विदेश पुगेपछि रकम संकलन गर्ने  एजेन्ट समेत रहेका सचिन्द्रले कन्सल्टेन्सी व्यवसायी अधिकारीलाई तिर्नु पर्ने ३ करोड भन्दा बढी रकम पचाउन उक्त हर्कत गरेको खुलेको छ।

    सचिन्द्रले  सन् २०१८ यता  विश्वविद्यालयबाट एक लाख रुपैयाँ डलर बुझ्दा नेपाली एजेन्टलाई एक रुपैयाँ दिएका थिएनन्।

    पैसा नबुझाएपछि कन्सल्टेन्सी व्यवसायी अधिकारीले सचिन्द्रलाई ताकेता गरिरहेका थिए।

    तर, सचिन्द्रले उल्टै अधिकारीबाट थप पैसा असुल्न विप्लव समुहका व्यक्तिलाई अष्ट्रेलियाबाटै परिचालन गरेको अनुसन्धानबाट खुलेको महाशाखाका एक अधिकारी वताउँछन्। ।

    सचिन्द्रलाई अष्ट्रेलियाबाट झिकाउन प्रहरीले पहल गरिसकेको बुझिएको छ।

    उनलाई अबैध असुली काममा आफ्नै बुवा टपेन्द्र र श्रीमतीले पनि सहयोग गरेको खुलेको छ। जुन कुरा पक्राउ परेकाहरुको बयानका आधारमा खुलेको हो।

    विप्लव कार्यकर्ताले नेपाली कन्सल्टेन्सी व्यवसायीलाई पैसा नदिए ठिक हुँदैन भनेर धम्क्याइरहेपछि महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेर केरकार गर्दा यो रहस्य खुलेको छ।

    पक्राउ परेकाहरूले कन्सल्टेन्सी व्यवसायी अधिकारीसँगै उनकी श्रीमतीलाई धम्क्याएको पनि खुलेको छ ।

    पक्राउ परेकालाई आपराधिक लाभ लिन नहुने कसुरमा जिल्ला अदालत काठमाडौंबाट तीन दिन हिरासतमा राख्ने अनुमति लिइएको महाशाखाका प्रमुख एसएसपी दिपक थापाले वताए। घटनाको बिषयमा थप अनुसन्धान भइरहेको पनि एसएसपी थापाले वताए।

    पक्राउ परेका यी चार जनाको विप्लव माओवादीमा संलग्नता, भूमिका र चन्दा संकलनबारे प्रहरीले अर्को पाटोबाट पनि अनुसन्धान गरिरहेको छ।

    घटनाका मुख्य योजनकार सचिन्द्रले आफन्त शसस्त्र प्रहरी बलको उच्च पदमा कार्यरत रहेको भन्दै त्यसैको आडमा अन्य व्यबसायीलाई समेत धम्की दिंदै आएको खुलेको छ।

    सचिन्द्रका बुवा टपेन्द्रले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’ सँग बसेको तस्बिर देखाएर  बिभिन्न व्यबसायीहरुलाई धम्की दिंदै आएको एक पीडित व्यबसायीले वताए। टपेन्द्र र सचिन्द्र अष्ट्रेलियामा हुन्डीका राजा मानिन्छन् ।

    सचिन्द्रका बुवा टपेन्द्र, जो अष्ट्रेलियामा ‘किङ अफ हुन्डी’ भनेर चिनिन्छन्

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार