Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • चितुवाको छालासहित २ जना पक्राउ

    चितुवाको छालासहित २ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २६ कार्तिक २०७७
  • 2.5K
    SHARES

    दाङ । दाङको घोराहीबाट चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् ।

    उनीहरूकाे साथबाट झन्डै ४ किलो अफिमसमेत बरामद भएकाे प्रहरीले जनाएकाे छ।



    पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका-१२ हापुर निवासी २६ वर्षीय मधु डाँगी र प्यूठान जिल्लाको नौंबहिनी गाउँपालिका-५ निवासी २७ वर्षीय धनसिंह टमाटा रहेका छन् ।



    उनीहरूको साथबाट ६ फिट ११ इञ्ज लामो चितुवाको छाला र ३ किलो ७ सय ५० ग्राम अफिम बरामद भएको जिल्ला प्रहरी कार्यालय दाडले जनाएकाे छ । पक्राउ परेकाहरूमामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार