Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • बुधबार पनि बढ्याे नेप्से

    बुधबार पनि बढ्याे नेप्से

    अनलाइन नेपाल
  • बुधबार, २६ कार्तिक २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार पनि बढेकाे छ ।

    मंगलबार करिब २६ अंकले बढेकाे नेप्से परिसूचक बुधबार २८.८९ अंकले बढेर १ हजार ७ सय ७ दशमलव ६७ अंक पुगेको छ ।



    ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । सेन्सेटिभ इन्डेक्स १.५८ प्रतिशत अर्थात ५.२३ अंकले बढेको छ । कारोबार पनि मंगलबारकै हारहारीमा भएको छ ।



    दिनभर भएका ३६ हजार ८ सय ९३ कारोबारबाट १९५ कम्पनीका १ करोड २५ लाख २३ हजार ६ सय ५१ कित्ता सेयर किनबेच भएका छन् ।

    जसबाट १ अर्ब ९ करोड ९६ लाख ४ हजार ७ सय ४२ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा कारोबार हुने उपसमूहहरु मध्ये फाइनान्स भने २ अंकले घटेको छ । अन्य सबै उपसमूहहरु ओरालो लागेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार