Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

किमाथान्का पुगेर प्रधानमन्त्री ओलीले भने - नेकपा फुट्दैन

काठमाडौं । किमाथान्का नाकालगायत अरुण तेस्रोको बाँध अवलोकनका लागि संखुवासभा पुगेका नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले पार्टी नफुट्ने उद्घोष गरेका छन् ।

नेकपामा अहिले विवाद भएको र विवाद हुनासाथ पार्टी नफुट्ने उनले बताएका हुन्। कार्यक्रममा उनले आफ्नो नेतृत्वको सरकार गठन भएपछि विकास निर्माणले गति लिएको बताएका छन्।

यस्तै उनले फेरि राजीनामा मागको प्रसंग कोट्याउन पनि भ्याएका छन् ।

‘मेरो राजीनामा विषयमा निक्कै चर्चा भईरहेको छ। मैले राजीनामा दिन मिल्दैन,’ ओलीले जोड दिँदै भने, ‘अपार जनताको समर्थनमा प्रधानमन्त्री भएको हुँ। अहिले नै राजीनामा दिए जनताको अपमान हुन्छ।’

बुधबार बिहान संखुवासभामा विकास निर्माण अवलोकन गर्न गएका ओली बेलुका मात्रै काठमाडौँ फर्किने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077