Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • जथाभावी कर्जा लगानी नगर्न वाणिज्य बैंकका सीईओहरुलाई राष्ट्र बैंककाे निर्देशन

    जथाभावी कर्जा लगानी नगर्न वाणिज्य बैंकका सीईओहरुलाई राष्ट्र बैंककाे निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, २६ कार्तिक २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । राष्ट्र बैंकले जथाभावी कर्जा लगानी नगर्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई निर्देशन दिएको छ ।

    बुधबार २७ वटै वाणिज्य बैंकका सीईओहरुलाई भर्चुअल बैठकमा राखेर राष्ट्र बैंकले कर्जा लगानी गर्दा ध्यान दिन निर्देशन दिएको हो ।



    बैंकिङ क्षेत्रको पछिल्लो अवस्थाबारे छलफल गर्न राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बुधबार भर्चुअल बैठक डाँकेको थियो ।



    बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरुद्वय चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ साथै नियमनका अन्य अधिकारीहरु सहभागी थिए ।

    बैंकहरुका तर्फबाट भने बैंकर्स संघका अध्यक्ष भुवन दाहालसहित २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार