Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

गुटबन्दी गर्ने तपाईं नै हो भन्दै प्रचण्डलाई पत्र लेखे ओलीले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच लामो समयदेखि ‘शितयुद्ध’ चलिरहेकै छ ।

विवादको टुंगो लगाउनका लागि भन्दै आज अपरान्ह ४ बजेका नेकपा सचिवालय बैठक लागि डाकिएको छ। तर, आजै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको गुटबन्दीको दोष अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि थोपरेका छन् ।

प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले गत शनिबार बुझाएको पत्रको जवाफमा प्रधानमन्त्रीले यस्तो आरोप लगाएका हुन्।

आफूले कहिल्यै पनि पार्टी बैठक राख्दिनँ भनेर नभनेको दावी गर्दै अध्यक्ष ओलीले प्रचण्डलाई सम्बोधन गरेर पत्र पठाएको नेकपा स्रोत बताउँछ । बाँकी चार जना सचिवालय सदस्यहरुलाई पनि उक्त पत्रको बोधार्थ दिइएको छ ।

पत्रमा ओलीले प्रचण्डलाई पार्टीभित्रको गुटबन्दी छोडेर पार्टी, देश र जनताको हितमा काम गर्न आउन आग्रह गर्दै

गत शनिबार सचिवालयको बैठकका लागि बहुमत सचिवालय सदस्यले लिखित ध्यानाकर्षण बुझाएका थिए ।

प्रचण्डले २५ गते मंगलबार ओलीसँग भेट गरी कात्तिक २७ गतेका लागि सचिवालय बैठक बोलाउन आग्रह गरेका थिए । तर, ओलीले भने मानेका थिएनन् ।

प्रधानमन्त्रीलाई भेटेलगत्तै धुम्बाराही पुगेका प्रचण्डले बहुमत सचिवालय सदस्यको बैठक राखेर कात्तिक २७ गते बैठक राख्न प्रधानमन्त्री ओलीलाई आग्रह गराएका थिए ।

प्रधानमन्त्री ओलीले आजका लागि पनि बैठक नराखेको भए ओलीइतर पक्ष (प्रचण्ड सहितका बहुमत सचिवालय सदस्य)ले अनौपचारिक बैठक गरेर सचिवालय बैठक तोक्ने र त्यसपछि सचिवालय बैठक बोलाएर स्थायी कमिटी बैठक बोलाउने तयराी गरेको थियो ।

उक्त कुराको चाल पाएका प्रधानमन्त्री ओलीले बिहीबार नै शुक्रबारका लागि सचिवालय बैठक बोलाएपछि प्रचण्ड समूह अगाडि बढेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077