Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कुवेत पठाउने भन्दै ठगी धन्दा, ७० जनाभन्दा बढीसँग जनही २ लाख उठाएर फरार

    कुवेत पठाउने भन्दै ठगी धन्दा, ७० जनाभन्दा बढीसँग जनही २ लाख उठाएर फरार

    अनलाइन नेपाल
  • शुक्रबार, २८ कार्तिक २०७७
  • 2.5K
    SHARES

    काठमाडाैं । महानगरीय अपराध महाशाखा काठमाडाैंले ठगी गरेकाे आराेपमा एक जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा मोरङकाे ग्रामथान गाउँपालिका-५, तेतरिया घर भइ काठमाडाैंकाे नयाँ वानेश्‍वर बस्ने ४२ वर्षका बुधनारायण चौधरी रहेका महाशाखाले जनाएकाे छ ।



    महाशाखाका अनुसार पक्राउ परेका चाैधरीले कुवेत पठाईदिन्छु भन्दै बिभिन्न प्रलोभनमा पारी विश्वास दिलाई जनही दुई लाख रूपैयाँ लिएकाे जाहेरी महाशाखामा परेकाे छ ।



    आराेपीत चाैधरीले काठमाडाैंकाे गौशाला स्थित राजदेवी ईन्टरनेश्‍नल प्रालिमा आफू कार्यरत रहेकाे र वैदेशिक रोजगारको लागी कुवेत पठाईदिन्छु भन्दै बिभिन्न प्रलोभनमा पारी ७० जना भन्दाबढी व्यक्तिबाट प्रतिव्यक्ति दुई लाख रूपैयाँ उठाई सम्पर्क विहीन भएका थिए ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे महाशाखाले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार