Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • आफैँले पालेको राँगाले हान्दा एक जनाको मृत्यु

    आफैँले पालेको राँगाले हान्दा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३० कार्तिक २०७७
  • 2.8K
    SHARES

    तस्बिर स्राेत : गुगल

    डोटी । डाेटीमा आफैँले पालेको राँगाले हान्दा एक जनाकाे मृत्यु भएको छ ।

    मृत्यु हुनेमा डाेटीको आदर्श गाउँपालिका-१ का अन्दाजी ४० वर्षीय चक्र साउद रहेका प्रहरीले जनाएकाे छ ।



    जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शनिबार राँगोले हान्दा गम्भीर घाइते भएका साउदको उपचारका क्रममा गए राति शैलेश्वरी अस्पताल दिपायलमा मृत्यु भएको हो ।



    मृतक साउदको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल डोटीमा लगिएको प्रहरीले जनाएको छ ।

    राँगाले हान्दा उनको टाउको र छातीमा गम्भीर चोट लागेको थियो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार