Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • चितवनमा पूर्वअर्थमन्त्री पाण्डे आफ्नै पार्टीका कार्यकर्ताद्वारा लखेटिए

    चितवनमा पूर्वअर्थमन्त्री पाण्डे आफ्नै पार्टीका कार्यकर्ताद्वारा लखेटिए

    अनलाइन नेपाल
  • शनिबार, ६ मंसिर २०७७
  • 4.2K
    SHARES

    फाइल फोटो

    चितवन । चितवनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलेलाई आफ्नै कार्यकर्ताले लखेटेका छन् । उनलाई आफ्नै निर्वाचन क्षेत्रका जनताले खलेटेका हुन् ।

    पाण्डेले हिजोदेखी नै पार्टी कमिटीलाई नगर तथा निर्वाचन क्षेत्रमा पार्टी कार्यकर्तालाई भेला गराईदिन आग्रह गरेको अनुसार आज पार्टी कमिटीले आयोजना गरेको थियो । विकास निर्माण तथा संसद विकास कोषको विषयमा छलफल गर्ने भनि भनेको तर विकास निर्माणको एक शब्द पनि उल्लेख नगरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली विरुद्ध अनौतिक शब्दहरु प्रयोग गरेकाले कार्यकर्ताले लखेटेका हुन् ।



    पाण्डेले प्रधानमन्त्री केपी ओलीविरुद्ध अनावश्यक आक्षेपहरु समेत लगाएको एक कार्यकर्ताले भन्दै कार्यकर्ताले कार्यक्रम स्थलबाट बोल्नै नदिई लखेटेका हुन् । मदन भण्डारीलाई चिनजान गराईदिने, राधिका शाक्यसँग विवाह समेत आफैले गराईदिएको, सत्ताको दुरुपयोग, भ्रष्टाचार, अनियमितता गरेकोलगायतका तथ्यहिन आरोपमात्र नभई लज्जास्पद अभिव्यक्तिसमेत दिई जनता तथा कार्यकर्तालाई झुटा कुरा बोलेकाले पाण्डेलाई लखेट्न बाध्य भएको कार्यकर्ताको बताए ।



    विरेन्द्र नगर आफ्नै निवास छेउमा राप्ती नगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा पाण्डेलाई आफ्नै कार्यकर्ताले आज लखेटेका हुन् । चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सादस्य समेत रहेका छन् उनी।

    आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीविरुद्ध बेइज्यतमात्र नगरी जनतालाई भ्रमको खेती गरेको समेत कार्यकर्ताले आरोप लगाएका छन् ।

    आफ्नो क्षेत्रमा विकासको नेतृत्व समेत गर्न नसक्ने पार्टीभित्रै गुट तथा उपगुटको नेतृत्व गरी पार्टीलाई विभाजनको अस्थामा पुर्याउन पाण्डेको महत्वपूर्ण भूमिका रहेको भन्दै कार्यकर्ताले लखेटेको एक  कार्यकर्ताले जानकारी दिए ।

    नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध बोलेको भन्दै पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई लखेटेको घटनाप्रति भर्त्सना व्यक्त गरेका छन् । नेता नेपालले एक विज्ञप्ती जारी गर्दै यस्तो निन्दनीय घटनाको विरोध गरेको स्पष्ट पारेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार