Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • जुवाखालबाट मोटरसाइकल र कारसहित १६ जना पक्राउ

    जुवाखालबाट मोटरसाइकल र कारसहित १६ जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ६ मंसिर २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । मोरङमा जुवाखालबाट मोटरसाइकल र कारसहित १६ जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेहरुमा रतुवामाई नगरपालिका–७ सिजुवा बजारका ४७ वर्षीय डिल्लीराम चौलागाई, ३५ वर्षीय मोती पौडेल, ४३ वर्षीय रामनाथ मैनाली, ४१ वर्षीय देवी प्रसाद पौडेल, ३७ वर्षीय रामनाथ नेपाल, ४५ वर्षीय हेमलाल प्रसाई र ४० वर्षीय नारायण चुडाल रहेका छन् ।



    त्यस्तै ४४ वर्षीय सन्तबहादुर राई, ३५ वर्षीय सागर गडतौला, ४५ वर्षीय दिपक ढुंगाना, ४५ वर्षीय योगराज घिमिरे, ३८ वर्षीय अशोक भट्टराई, ३९ वर्षीय राजन हस्ता मगर,, ४५ वर्षीय गोपी पराजुली, ३६ वर्षीय रविन पोखरेल र २२ वर्षीय गणेश श्रेष्ठ पक्राउ परेका हुन्। ।



    रतुवामाई नगरपालिका–८ स्थित सागर बर्तौलाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले पक्राउ परेकाहरुको साथबाट १ लाख ६९ हजार ६९५ रुपैयाँ नगद समेत बरामद गरेको मोरङका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

    राईका अनुसार पक्राउ परेकाहरुको साथबाट १ बुक तास, १६ थान कौडा, विभिन्न कम्पनीका १७ वटा मोबाइल, २ वटा कार र १९ वटा मोटरसाइकल समेत बरामद भएको छ । १६ जनालाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    यस्तै मे ८ प ८६७ नम्बरको यामाहा मोटरसाइकल, प्रदेश न. ०१–०१२ प ८९० सुजुकी मोटरसाइकल, को २५ प ९८७६ अपाची मोटरसाइकल, बा ८० प ३८९९ यामाहा मोटरसाइकल, बा ४५ प ४३४ पल्सर मोटरसाइकल, को २७ प ७३१ सपर स्पेण्डर मोटरसाइकल, मे ८ प ९५९९ यामाहा मोटरसाइकल, प्रदेश न. ०१–०२०४१ प ६२२८ एभेन्जर मोटरसाइकल, मे ३ प ६६२ अपाची मोटरसाइकल, को ३१ प ७७७६ नम्बरको मोटरसाइकल पनि बरामद भएको छ ।

    प्रवक्ता राईका अनुसार मे ११ प १२६६ नम्बरको मोटरसाइकल, को ११ प १३२ सुपर स्पेण्डर मोटरसाइकल, मे ५ प ५३६४ नम्बरको सुजुकी मोटरसाइकल, मे ६ प ग्ल्यामर मोटरसाइकल, को ११ प ७७०३ युनिकन मोटरसाइकल, मे ८ प २६३१ पल्सर मोटरसाइकल, मे ११ प ९४८० पल्सर मोटरसाइकल, मे ६ प ६८९७ सुपर स्पेण्डर मोटरसाइकल र मे ७ प ४९१ डिस्कभरी मोटरसाइकल पनि बरामद भएको छ ।

    त्यस्तै को १ च ७३३८ टाटा कम्पनीको कार र बा १४ च २७०३ नम्बरको हुण्डाइ कम्पनीको कार समेत बरामद गरिएको राईले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार