Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

बिदेश पठाउने नाममा ठगी गरी फरार प्रतिवादी पक्राउ

उदयपुर। वैदेशिक रोजगारीका नाममा केही व्यक्तिलाई ठगेपछि जिल्ला अदालत उदयपुरबाट दण्ड सजाय पाएर फरार रहँदै आएका उदयपुर जिल्लाको चौदण्डी नगरपालिका–३ स्थित थुलुङ डाँडा बस्ने एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार यसरी वैदेशिक रोजगारीको नाममा ठगी गरेर फरार रहँदै आएका चौदण्डी–३ का ४३ वर्षीय सुजन राई रहेका छन् ।

अदालतबाट दण्ड सजाय पाए पनि केही वर्षदेखियता फरार रहँदै गाउँघरमा लुकीछिपी बस्दै आएका राईलाई शुक्रबार साँझ गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।

राईले वैदेशिक रोजगारीका नाममा केही व्यक्ति ठगी गरेको कसुरमा जिल्ला अदालत उदयपुरले एक वर्र्ष तीन महिना तीन दिन कैद र एक लाख ५० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको प्रहरीले बताएको छ ।

फरार प्रतिवादी राईको प्रहरीले खोजी गरिरहेको र राईले अदालतको सजाय छल्नका लागि निरन्तर कहिले अन्यत्र कतै र कहिले गाउँघरमा लुकीछिपी बस्दै आएको र शुक्रबार साँझ घरमा लुक्न आइपुगेको अवस्थामा विशेष सुराकीका आधारमा प्रहरीले पक्राउ गरेको प्रहरीले बताएको छ ।

पक्राउ गरिएका राईलाई सजाय कार्यान्वयन गराउन अदालतमा बुझाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077