Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

लागुऔषधसहित एक जना पक्राउ

मकवानपुर । मकवानपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्सा पेटर्वासुगौली गा.पा. वडा नं. ३ सुनबर्सा बैरिया बस्ने २४ वर्षीय अनिल मुखियालाई रहेका छन्।

आइतबार दिउँसो मकवानपुर हे.उ.म.न.पा. १० स्थित राम मन्दिर चोकको बाईपास रोडमा प्रहरी चौकी भुटनदेवीबाट मुखिया पक्राउ परेका हुन्।

प्रहरी हवल्दार डिल्लीराम शिवाकोटीको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले बिरगंजबाट नारायणघाट तर्फ आइरहेको ना. ५ ख ५८६८ नं. को बस रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा मुखियामाथि शंका लागि निजको झोला खोल्न लगाई चेकजाँच गर्दा झोला भित्र लुकाई छिपाई राखी ल्याएको अवस्थामा लागू औषध नाइट्रोभेट १,२०० ट्याबलेट र लागू औषध कारेक्स १०० एमएलको ४ बोतल बरामद गरेकाे हाे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077