Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • प्रचण्डलाई धोका दिएर देउवासँग मिल्दै ओली

    प्रचण्डलाई धोका दिएर देउवासँग मिल्दै ओली

    अनलाइन नेपाल
  • आइतबार, ७ मंसिर २०७७
  • 2.1K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । शनिबार साँझ किरब तीन घन्टा बालुवाटारमा दुवै नेताले राजनीतिक घटनाक्रमको समिक्षा गरेर भविष्यमा मिलेर जानेबारे छलफल भएकाे स्राेतले बतायाे ।

    विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पार्टीभित्र आएको समस्याबारे कुरा गरेका थिए । उनले देउवासँग मिलेर जाने सम्भावनाबारे समेत बताएका थिए । त्यतिबेला साथ दिन देउवालाई आग्रह गरेका थिए ।



    स्राेतका अनुसार देउवा र ओलीले उनीहरूका विश्वासमा पात्रहरूलाई समेत छलफलमा सहभागी गराएका थिए । देउवाले गोपालमान श्रेष्ठ र रमेश लेखक र प्रधानमन्त्री ओलीले सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र भानुभक्त ढकाललाई सँगै राखेका थिए ।



    बालुवाटारमा भएकाे छलफलमा दुवै नेताले राजनीतिक समिक्षाकासँगै नेकपाकाे अर्का अध्यक्ष प्रचण्डको पछिल्लो भूमिकाबारे पनि व्याख्या भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार