Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ब्राजिलमा रहेको परिवार समस्यामा पर्‍यो भन्दै फेसवुकमार्फत १० लाख बढी ठगी गर्ने  पक्राउ

    ब्राजिलमा रहेको परिवार समस्यामा पर्‍यो भन्दै फेसवुकमार्फत १० लाख बढी ठगी गर्ने  पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ७ मंसिर २०७७
  • 3.2K
    SHARES

    स्याङ्जा। आफुलाई ठूलो समस्या परेको तथा विदेशमा ( ब्राजिल) रहेको परिवार गम्भिर विरामी रहेको भनि महिलालालई फेसबुक मार्फत साथी बनाई रकम असुल्दै आएका रुपचन्द्र पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।

    पाण्डेले महिलाहरुलाई विश्वास दिलाई तत्काल फिर्ता गर्छु भन्दै पटक-पटक गरी १० लाख बढी रकम ठगी गरेको अभियोगमा अनुसन्धान गर्दै जाँदा उनलाई पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।



    बाजुरा हिमाली गाउँपालिका वडा नं. ४ बस्ने बर्ष २७ का  पाण्डेलाई मंसिर ५ गते नेपालगञ्जबाट पक्राउ गरी ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर मुद्धामा मुद्धा दर्ता गरी जिल्ला अदालत स्याङ्जाबाट  ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेकोप्रहरीले जनाएको छ।



    उनले स्याङ्जाका थुप्रै महिलालाई ठगी गरेको पनि खुलेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार