Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बलिउडकी मोडलको दाबी- लुगा फेर्न लाग्दा निर्माता कोठामा आए

    बलिउडकी मोडलको दाबी- लुगा फेर्न लाग्दा निर्माता कोठामा आए

    अनलाइन नेपाल
  • मंगलबार, ९ मंसिर २०७७
  • 3.3K
    SHARES

    मुम्बई । बलिउडकी मोडल मन्दना करीमीले फिल्म निर्मातामाथि गम्भिर आरोप लगाएकी छन्।

    ‘बिग बोस’ ९ बाट चर्चामा आएकी मोडल मन्दना करीमीले हिन्दी चलचित्र कोका कोलामा काम गर्दा निर्माता महेन्द्र धारीवालले यौन दुव्र्यबहार गरेको आरोप लगाएकी छिन् ।



    मन्दनाको भनाई अनुसार उनी सुटिङ सकिएपछि वेनिटी भ्यानमा लुगा फेर्दै थिइन् । निर्माता महेन्द्र एक्कासी लुगा फेरिरहेको ठाउँमा आइपुगे ।



    मन्दनाले उक्त फिल्ममा एक वर्षजति काम गरिन् । उनको सुरुवाती भोगाई नै दिक्दारलाग्दो भयो । महेन्द्रलाई उनी पुरातन पुरुषवादी सोच भएको एक संकिर्ण पुरुषको रुपमा ब्याख्या गर्छिन् उनी ।

    ‘सुटिङको अन्तिम दिन थियो । सुटिङ सकिएको १ घन्टामा म कँही पुग्नुपर्ने थियो ।’ मन्दना भन्छिन् ‘हतारमा ढोका नलगाई लुगा चेञ्ज गर्न लागेछु त्यहि बेला महेन्द्र आइपुगे ।’ उनले महेन्द्रलाई बाहिर जान आग्रह गर्दा नमानेपछि उनी चिच्याउदै बाहिरिएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार