Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • डब्ल्यूएचओको चेतावनी: युरोपमा जनवरीसम्म काेराेना महामारीकाे तेस्रो लहर आउछ

    डब्ल्यूएचओको चेतावनी: युरोपमा जनवरीसम्म काेराेना महामारीकाे तेस्रो लहर आउछ

    अनलाइन नेपाल
  • मंगलबार, ९ मंसिर २०७७
  • 2.6K
    SHARES

    एजेन्सी । रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर पुगेको छ । सोमबार रुसमा २४ घण्टाभित्र २५ हजार १ सय ७३ जनामा कोरोना देखियो । रुसमा कुल संक्रमितको संख्या २१ लख १४ हजारभन्दा धेरै भइसकेको छ । कोरोनाको बढ्दो संक्रमणको एउटा उदाहरणमात्रै हो, रुस ।

    अधिकांश युरोपेली देशमा संक्रमितको संख्या पहिल्लो समय ह्वात्तै बढेको छ । विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ)ले २०२१ को सुरुवातमा युरोपमा कोरोनाको तेस्रो लहर आउनसक्ने चेतावनी दिएको छ ।



    डब्ल्यूएचओका विशेष अधिकारी डेभिड नबारोका अनुसार गर्मी समयमा युरोपेली देशका सरकारहरुले पूर्वतयारीका लागि जे गर्नुपर्ने थियो, त्यो गर्न सकेनन् । ‘कोभिड १९ को पहिलो लहर नियन्त्रणमा आउनसाथ पूर्वतयारीको काम सुुरु गर्नुपर्ने थियो,’ नबारोले भनेका छन् ।



    विश्वभर अहिलेसम्म ५ करोड ८९ लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ । जसमध्ये ४ करोड ७ लाख बिरामी निको भएका छन् भने १३ लाख ९३ हजारको ज्यान गइसकेको छ । झन्डै १ करोड ६८ लाख संक्रमित उपचारकै क्रममा छ, उनीहरुलाई सक्रिय संक्रमित भनिन्छ ।

    यसैबीच दक्षिण अफ्रिका बस्ने गरेका महात्मा गान्धीका पनाती सतिश धुपेलियाको कोरोना संक्रमणपछि निधन भएको छ । तीन दिनअघिमात्रै उनले ६६ औं जन्मदिन मनाएका थिए । यसपछि संक्रमित भए । सतिश जोहानेसवर्गमा बस्थे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार