Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

हिन्दुराष्ट्र पुनःस्थापनाको माग गर्दै पोखरामा राजावादीहरुको बृहत् प्रदर्शन

पोखरा । हिन्दुराष्ट्र पुनःस्थापनाको माग गर्दै पोखरामा राजावादीहरुले र्‍याली निकालेका छन् ।

बुधबार निकालिएको र्‍यालीमा ‘नेपाली जनता जागौं, राजा ल्याऔं, देश र धर्मको रक्षा गरौं’ भन्ने नारा लगाईएको थियो ।

मोटरसाइकल र कारका साथमा भएको र्‍याली पोखराबजार परिक्रमा गरी मानवअधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै शिवसेनाका अध्यक्ष अनिल बस्नेतले नेपाली जनतालाई राजतन्त्रबीना मुलुक संकटमा पर्ने बताए ।

गणतन्त्र असफल भएको भन्दै नेपाली जनता सडकमा आएको उनको जिकिर थियो ।

राजावादीहरुले निकालेको र्‍यालीले पोखराको ट्राफिक व्यवस्था दिनभर अस्तव्यस्त बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077