Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • हेलिकप्टरबाट सुत्केरीको उद्धार

    हेलिकप्टरबाट सुत्केरीको उद्धार

    अनलाइन नेपाल
  • सोमबार, १५ मंसिर २०७७
  • 4.3K
    SHARES

    फाइल फोटो

    भाेजपुर । बर्थिङ सेन्टरमा सुत्केरी भएपछि अत्यधिक रक्तश्राव भएर सिकिस्त बिरामी परेकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।

    गए राति शिशु जन्माएकी भोजपुर नगरपालिका– ४ सिद्धेश्वरकी ३२ वर्षीया पवित्रा श्रेष्ठको आज अपराह्न उद्धार गरिएको हो ।



    श्रेष्ठलाई एम्बुलेन्सबाट अन्य सुविधासम्पन्न ठाउँमा लैजान समस्या भएपछि काठमाडौँबाट हेलिकप्टर मगाएर राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो ।



    उद्धार गरेर थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार