Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • लद्दाखमा चिसोले चिनियाँ सेना बिचलित, भारतीय सेना भने रणनीतिक रूपमा खटेको दाबी

    लद्दाखमा चिसोले चिनियाँ सेना बिचलित, भारतीय सेना भने रणनीतिक रूपमा खटेको दाबी

    भारतीय संचारमाध्यले चिनियाँ सेनाको बारेमा फैलायो अफवाह

    अनलाइन नेपाल
  • मंगलबार, १६ मंसिर २०७७
  • 3.4K
    SHARES

    एजेन्सी। पूर्वी लद्दाखमा भारत -चीन सीमामा सात महिना भन्दा बढी समयदेखि तनाव भइरहेको छ।

    चिसोले अग्लो पहाडमा चिनियाँ सैनिकहरू बिचलित भए पनि भारतीय सैनिकहरू भने यथास्थितीमा रहेको भारतीय संचारमाध्यम आजतकले आरोप लगाएको छ।



    पूर्वी लद्दाख सीमानामा दुबै देशका सेनाहरुमा रणनीतिक रूपमा खटेका छन्। दुवै पक्षका सैनिकहरूलाई पेङगोङ तालको दक्षिणी तटमा र उत्तरी तटको केही क्षेत्रमा गत तीन महिनादेखि खटाइएको छ।



    भारतीय सेनाहरू माइनस तापक्रममा पनि उभिएर राम्रो गरिरहेका छन्।  तिनीहरूमध्ये अधिकांश पश्चिमी लद्दाख र सियाचिन ग्लेशियर जस्ता उच्च उचाई स्थानहरूमा शून्य तापक्रम भएका क्षेत्रमा तैनाथ गरिएको छ ।

    त्यसैले भारतीय सैनिकहरू शून्यभन्दा तलको तापक्रम सामना गर्ने तरिकाहरूसँग परिचित छन्।

    भारतले सिमानामा तैनाथ सैनिकका लागि हिउँदको लुगा आपूर्ति गरेको छ। अमेरिकाले आपतकालीन खरीद अन्तर्गत तिस हजार  तातो लुगा आपूर्ति गरेको थियो।

    पुरै लद्दाख क्षेत्रमा तैनाथ भारतीय सैनिकहरूको लागि ६० हजार पिसको भण्डार गरिएको छ। यी विशेष तातो ऊनी लुगाहरू सियाचिन र पूर्वी लद्दाख क्षेत्रमा पश्चिमी मोर्चामा तैनाथ सैनिकहरूका लागि प्रयोग हुने जनाइएको छ ।

    यस वर्ष,एलएसीमा चीनको पीपुल्स लिबरेशन आर्मीको संघर्ष र गतिरोधपछि थप तीस हजार कपडाको सेट  चाहिएको थियो।

    यी क्षेत्रहरूमा तैनाथ सिपाहीहरूका लागि तातो लुगाको सेट अब ९० हजार  भएको छ। लद्दाखमा ठूलो चिसोका कारण यो अधिग्रहण आपतकालमा गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार