Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • पौडेलमाथि भएको धरपकडको विरोधमा माइतीघरमा प्रदर्शन

    पौडेलमाथि भएको धरपकडको विरोधमा माइतीघरमा प्रदर्शन

    अनलाइन नेपाल
  • बुधबार, १७ मंसिर २०७७
  • 3.3K
    SHARES

    काठमाडाैं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपाली कांग्रेस वरिष्ठ नेतामाथि भएको धरपकडको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।

    गृहजिल्ला तनहुँमा बनेको पुलको उद्घाटन गर्न पुगेका रामचन्द्र पौडेलसहितका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि तत्काल रिहाइको माग गर्दै नेविसंघले माइतीघरमा प्रदर्शन गरेको हो ।





    पक्राउ परेका पौडेलसहित सबैलाई प्रहरीले बुधबार साँझ रिहा गरिसकेको छ । प्रदर्शनमा सहभागीहरूले निषेधको राजनीति नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन् ।

    प्रदर्शनकारीहरुले नेकपा प्रहरी मुर्दावाद जस्ता ‘प्ले कार्ड’ बोकेर नाराबाजी लगाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार