Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

६ केजी चरेससहित एक जना पक्राउ

राेल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाले ६ केजी चरेससहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नछहरी गाउँपालिका-६ रोल्बाङ बस्ने ४५ वर्षीय जुनिलाल बुढा मगर रहेका प्रहरीले जनाएको छ।

मगरले आलुको बोरोभित्र लुकाएर चरेस ल्याएकाे गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी सहायक निरीक्षक लक्ष्मण तङनामीको कमाण्डमा खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको हाे ।

पक्राउ परेका मगर सवार रा १ ह ५११५ नम्बरको अटो रिक्सा र चालकलाई पनि नियन्त्रणमा लिइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077