Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • मर्यादा नाघेर मन्त्री त्रिपाठी र भारतीय राजदूत क्वात्राबीच २ घन्टा गोप्य वार्ता

    मर्यादा नाघेर मन्त्री त्रिपाठी र भारतीय राजदूत क्वात्राबीच २ घन्टा गोप्य वार्ता

    अनलाइन नेपाल
  • शनिबार, २० मंसिर २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद बढेका एक मन्त्रीले भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेट गरेका छन् ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेयश त्रिपाठीले बिहीबार बेलुका भारतीय राजदूत क्वात्रासँग २ घण्टा भेटवार्ता गरेका छन् । उनीहरुबीच ४ बजेदेखि ६ बजेसम्म ललितपुरको एक होटलमा मन्त्रीको मर्यादा नै भुलेर भेटवार्ता भएको हो । नेकपाको विवादमा राजदूत क्वात्रा–मन्त्री त्रिपाठी भेटलाई विभिन्न कोणबाट हेरिएको छ ।



    त्यसैगरी काँग्रेस नेता विमलेन्द्र निधी र राजदूत क्वात्रावीच बुधबार सोही होटलमा २ घण्टा नै भेटवार्ता भएको छ ।



    भारत नेकपा विभाजन गर्ने र केपी ओली, नेपाली कांग्रेसबीच समीकरण गराउन लागेको छ । विदेशमन्त्री हर्षबद्र्धन श्रृंगलाको नेपाल भ्रमणको बाहिरी आवरण जे जे देखाइए पनि भित्री उद्देश्य ओली–देउवा गठबन्धन नै रहेको जानकारहरुको विश्लेषण छ ।

    नेकपा फुटाउन तत्काल ओली–देउवा गठबन्धन गराउने र ३–४ महिनापछि त्यो टुटाउने र जनता समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने दाउमा भारतीय पक्ष रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार