Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • भारतमा शनिबार एकै दिनमा ३६ हजार संक्रमित थपिए

    भारतमा शनिबार एकै दिनमा ३६ हजार संक्रमित थपिए

    अनलाइन नेपाल
  • आइतबार, २१ मंसिर २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    एजेन्सी । भारतमा शनिबार थप ३६ हजार व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ४४ हजार २२२ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ । जसमध्ये ९१ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

    सो मन्त्रालयका अनुसार हाल ४ लाख ३ हजार २४८ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार २८ औं दिन हो ।



    भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ४८२ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४० हजार १८२ पुगेको छ ।भारतभरी सब भन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा ८३ हजार ९३१ अझै पनि सक्रिय संक्रमित रहेका आइतबार जनाइएको छ ।



    संक्रमणको कारण यहाँ ४७ हजार ६९४ व्यक्तिको मृत्यु जनाइएको छ । कोरोना भाइरसको कारण दोस्रो प्रभावित दिल्लीमा ५ लाख ५३ हजार २९२ संक्रमित भएका छन् । कोरोना शुरु भएयतादेखि शनिबार बिहानसम्म दिल्लीमा यस प्रकोपबाट ९ हजार ५७४ व्यक्तिको मृत्यु भईसकेको छ ।

    भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कुल १४ करोड ६९ लाख ८६ हजार नमूना परीक्षण गरेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार