Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • चीनका लागि जासुसी गर्ने महिलाले अमेरिकी नेताहरूसँग रात बिताएको खुलासा 

    चीनका लागि जासुसी गर्ने महिलाले अमेरिकी नेताहरूसँग रात बिताएको खुलासा 

    अनलाइन नेपाल
  • मंगलबार, २३ मंसिर २०७७
  • 4.2K
    SHARES

    एजेन्सी। चीनले अमेरिकामा जासुसी गर्न महिलालाई प्रयोग गरेको अन्तराष्ट्रिय मिडिया रिपोर्टहरुले खुलासा गरेका छन्।

    axios.comको रिपोर्टका अनुसार चीनकी एक महिला करिब पाँच बर्ष अमेरिकामा बसिन् र उक्त अबधिमा  उनले धेरै नेताहरूसँग रोमान्टिक सम्बन्ध राखिन्। ती महिलाले कम्तीमा दुई नेतासँग रात बिताएकी थिइन ।



    डेली मेलको एक रिपोर्ट अनुसार  क्रिस्टिन फाङग भन्ने महिला चिनियाँ गुप्तचर एजेन्सीको लागि काम गरिरहेकी थिइन।



    फाङगले धेरै अमेरिकी नेताहरुलाई चुनावमा रकम जुटाउन पनि मद्दत पुर्याइन । फाङग २०११ देखि २०१५ सम्म अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्थिन । तर, एफबीआई उनीसँग पुग्न सक्ने खतरा देखेपछि उनी अमेरिकाबाट भाग्न सकिन ।

    आजतकका अनुसार फाङग अमेरिकी संसदको सबैभन्दा कान्छो सदस्यको नजिक जान पनि खोजिन ।

    अमेरिकी सांसद एरिक स्वावलको पुन: चुनावको समयमा फाङगले रकम जुटाउन सहयोग गरेकी थिइन । फाङगले तुलसी गाबार्डलाई पैसा जुटाउन पनि मद्दत गरिन ।

    फाङग क्यालिफोर्नियाको राजनीतिक सर्कलमा धेरै प्रख्यातभइन ।  दुई निर्वाचित नेताहरुसंग उनको शारीरिक सम्बन्ध थियो। axios.comको रिपोर्टमा ती महिलाले चीनको सुरक्षा मन्त्रालयको निर्देशनमा जासुसको रूपमा काम गरेकी हुन ।

    एफबीआईले अचानक फाङगको बारेमा तब थाहा पायो, जब एजेन्सीले अर्को व्यक्तिको अनुसन्धान गरिरहेको थियो। फाङगको बारेमा गरिएको खुलासाले चीनले कुन हदसम्म अरु देशहरुमा सूचना संकलन गर्न कोशिस गरिरहेको छ भनेर पनि वर्णन गर्दछ।

    उनै फाङग अमेरिका आउनु अघि क्यालिफोर्निया राज्य विश्वविद्यालयमा भर्ना भएकी थिइन । फाङग चिनियाँ विद्यार्थी संघ र एशियाई प्रशान्त आइलैंडर अमेरिकी सार्वजनिक मामिलाका अध्यक्षमा पनि चुनिएकी थिइन । फाङग यी पदहरूमा रहेपछि क्यालिफोर्नियाको राजनैतिक सर्कलमा प्रवेश गरिन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार