Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • डिआइजी पोखरेललाई एआइजीमा बढुवा नगर्न संसदीय समितिको निर्देशन

    डिआइजी पोखरेललाई एआइजीमा बढुवा नगर्न संसदीय समितिको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, २४ मंसिर २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । बिबादास्पाद प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवा नगर्न संसदीय समितिले निर्देशन दिएकाे छ।

    प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले एआईजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको हाे ।



    यो निर्देशनसँगै एआइजीमा सिफारिस् विश्वराज पोखरेलको पद धरापमा परेको छ ।



    गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई समेत थाहै नदिई उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफ्ना नातेदार डिआइजी विश्वराज पोखरेललाई एआइजी बनाउने उद्देश्यले मन्त्रिपरिषदमा दरबन्दी थपको प्रस्ताव गरेको दिए ।

    गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले डीआईजी विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्न १५ मंसिरमा सिफारिस गरेको थियो ।

    पोखरेललाई एआईजीमा बढुवा गरेर भावी आईजीपीको स्थान सुरक्षित गर्ने गरी उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबाबमा २७ कात्तिकमा प्रहरीमा एआईजीको एउटा दरबन्दी थपिएको थियो ।

    उपप्रधानमन्त्री पोखरेलको नेतृत्वमा रहेको प्रशासनिक समितिले गरेको यो निर्णय कार्यान्वयन नगर्न समितिले सरकारलाई निर्देशन दिएको हो । विधि अवलम्बन गरेर पदोन्नति गर्नुपर्ने देखिएकाले यस्तो निर्देशन दिइएको समितिकी सभापति शशि श्रेष्ठले वताइन ।

    समितिले बुधबार गृहमन्त्री रामबहादुर थापा बादललाई समेत उपस्थित गराएर एआईजीको दरबन्दी थप गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको हो ।

    पोखरेललाई उनका आफन्त नातेदर उपप्रधानमन्त्री ईश्वर पोखरेल पोखरेलको दबाब र प्रभावमा परेर  गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले एआईजीमा बढुवा सिफारिस गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार