Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • थप ३ जना काेराेना संक्रमितकाे मृत्यु

    थप ३ जना काेराेना संक्रमितकाे मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २५ मंसिर २०७७
  • 2.7K
    SHARES

    काठमाडाैं । कोरोना भाइरसकाे संक्रमणबाट झापा, मोरङ र सुनसरीमा थप एक/एक गरी तीन जनाकाे मृत्यु भएको छ।

    सुनसरीको रामधुनी-७ का ६३ वर्षीय वृद्धको बिहीबार बिहान नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ। ती वृद्धलाई गत २३ गते अस्पताल भर्ना गरिएको थियो।



    यस्तै, दमक-१० का ६९ वर्षीय वृद्धको कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ। कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि राति ९ बजे अस्पताल ल्याइएको थियो।



    यस्तै मोरङको उर्लाबारी-१ का ८४ वर्षीय वृद्धको होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनको बुधबार राति ९ बजे मृत्यु भएको उर्लाबारी नगरपालिकाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार