Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सरकारले टेरेन संसदिय समितिको निर्देशन, विश्वराजलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद‍को निर्णय

    सरकारले टेरेन संसदिय समितिको निर्देशन, विश्वराजलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद‍को निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, २५ मंसिर २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । बिबादास्पाद प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवा नगर्न राज्य व्यबस्था समितिले दिएको निर्देशन बिपरित सरकारले बढुवा गर्ने निर्णय गरेको छ।

    बिहीबार साँझ बसेको मन्त्रिपरिषद्ले गृह मन्त्रालयले गरेको बढुवा सिफारिसलाई सदर गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै सरकार र समितीबीच अब थप बिबाद बढ्ने देखिएको छ।



    गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले डीआईजी विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्न १५ मंसिरमा सिफारिस गरेको थियो ।



    पोखरेललाई एआईजीमा बढुवा गरेर भावी आईजीपीको स्थान सुरक्षित गर्ने गरी उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबाबमा २७ कात्तिकमा प्रहरीमा एआईजीको एउटा दरबन्दी थपिएको थियो ।

    उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको प्रशासनिक समितिले गरेको यो निर्णय कार्यान्वयन नगर्न राज्य व्यबस्था समितिले सरकारलाई निर्देशन दिएको थियो ।

    पोखरेललाई एआईजीमा बढुवा गरेर भावी आईजीपीको स्थान सुरक्षित गर्ने गरी उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबाबमा २७ कात्तिकमा प्रहरीमा एआईजीको एउटा दरबन्दी थपिएको थियो ।

    तर समितिले प्रहरीको चेन अफ कमाण्डमा समस्या आउने भन्दै विधि अवलम्बन गरेर पदोन्नति गर्नुपर्ने देखिएकाले एआईजीको  दरबन्दी रोक्ने निर्णय गरेको थियो ।

    समितिले बुधबार गृहमन्त्री रामबहादुर थापा बादललाई समेत उपस्थित गराएर एआईजीको दरबन्दी थप गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।

    पोखरेललाई उनका आफन्त नातेदर उपप्रधानमन्त्री ईश्वर पोखरेल पोखरेलको दबाब र प्रभावमा परेर  गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले एआईजीमा बढुवा सिफारिस गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार