Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • स्वास्थ्य सामग्री खरिद प्रकरणमा मन्त्री ढकाललाई लेखाले पाता कस्दै

    स्वास्थ्य सामग्री खरिद प्रकरणमा मन्त्री ढकाललाई लेखाले पाता कस्दै

    अनलाइन नेपाल
  • शुक्रबार, २६ मंसिर २०७७
  • 2.9K
    SHARES

    काठमाडाैं । स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताबारे छलफल गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई संसदीय समितिले बोलाउने भएको छ ।

    प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि मन्त्रालयमातहतका निकाय र नेपाली सेनामार्फत स्वास्थ्य सामग्री ल्याउँदा भएका अनियमितताका विषयमा स्वास्थ्यमन्त्री ढकालसँग छलफल लागि आगामी बैठकमा स्वास्थ्यमन्त्री ढकाललाई बोलाउने तयारी भइरहेको समितिका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए ।



    यसअघिका बैठकमा पनि समितिले खरिद प्रक्रिया पूरा नगरीकन ओम्नी समूहमार्फत स्वास्थ्य सामग्री खरिद गर्न लागेको भन्दै अध्ययन सुरु गरेको थियो । अबको बैठकमा भने स्वास्थ्यमन्त्री ढकाललाई नै बोलाएर छलफल गर्ने तयारी समितिले गरेको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार