Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • विश्वराजले लगाए एआईजीकाे फूली

    विश्वराजले लगाए एआईजीकाे फूली

    अनलाइन नेपाल
  • शुक्रबार, २६ मंसिर २०७७
  • 4.7K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजिपी) शैलेश थापा क्षेत्रीले अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका विश्वराज पोखरेललाई दर्ज्यान्ही चिन्ह प्रदान गरेका छन् ।

    मन्त्रिपरिषद्को बिहीबार बसेकाे बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । साेही अनुसार आईजिपी क्षेत्रीले पोखरेललाई दर्ज्यान्ही चिन्ह प्रदान गरेका हुन् ।



    बढुवा समितीले गरेको सिफारिसलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो । एआईजीमा बढुवा भएसँगै पोखरेल नेपाल प्रहरीको आगामी आईजिपी बन्ने निश्चित भएको छ।



    हालका आईजिपी क्षेत्री र अन्य तीन एआईजीले २०७९ बैशाख १८ गते अनिवार्य अवकाश पाएपछि पोखरेल एक्ला एआईजी हुनेछन् । प्रहरी नियमावलीमा बहालवाला एआईजीमध्येबाट र एआईजी नभए डीआईजीमध्येबाट आईजिपी नियुक्त गर्नुपर्ने व्यवस्था छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार