Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • ५२४२ नमुना परीक्षण गर्दा ८९९ जनामा संक्रमण पुष्टि, १३५९ जना संक्रमणमुक्त

    ५२४२ नमुना परीक्षण गर्दा ८९९ जनामा संक्रमण पुष्टि, १३५९ जना संक्रमणमुक्त

    अनलाइन नेपाल
  • शनिबार, २७ मंसिर २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ । उनीहरुमध्ये २ लाख ३४ हजार २३१ो जना संक्रमणमुक्त भएका छन् भने १६८९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ।



    त्यस्तै, यसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार हाल देशभर ११ हजार ६७३ सक्रिय संक्रमित छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार