Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सरकारकै खेलाचीका कारण संक्रमण झन् बढ्यो

    सरकारकै खेलाचीका कारण संक्रमण झन् बढ्यो

    अनलाइन नेपाल
  • आइतबार, २८ मंसिर २०७७
  • 3.7K
    SHARES

    काठमाडाैँ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमण फैलने दर अझै कम भएको छैन। परीक्षण कम भएर संख्या कम देखिए पनि प्रतिशतका आधारमा संक्रमण दर बढेको देखिन्छ। दैनिक १० हजारभन्दा कम पिसिआर परीक्षण हुन थालेपछि संक्रमितको संख्या १ हजारदेखि १२ सयका बीचमा देखिएको छ।

    दैनिक २० जनाभन्दा बढीको मृत्यु भइरहेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आम नागरिक नै कोरोना नियन्त्रणमा जिम्मेवार नबनेको बताए। ‘सरकारले त आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ,’ उनले भने, ‘आम सर्वसाधारणले पनि आफ्नो दायित्व बुझ्नुप¥यो नि।’



    कोरोना भयावह बनिरहेका बेला सरकारकै खेलाचीका कारण संक्रमण झन् बढेको विज्ञहरूको भनाइ छ। जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले कोरोना दर बढिरहेका बेला सरकारले पनि आफ्नो ठाउँ छाडिसकेको बताए। उनले परीक्षणका दायरा घटाएर संक्रमण दर कम देखाए पनि भित्रभित्रै संक्रमण बढिरहेको जानकारी दिए।



    ‘सरकारले सुरुदेखि नै हेलचक्र्याइँ गर्दै आएको छ, अहिले त झन् कोरोना छ वा छैन भन्ने नै बिर्सिएझैं देखिन्छ,’ उनले भने, ‘न त संक्रमण रोक्न सरकार जिम्मेवार छ न त आम नागरिक नै।’ उनले कोरोनालाई खेलाची ठान्दा चिसोमा संक्रमण दर भयावह हुने देखिएको जानकारी दिए। यो समाचार आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार