Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ६ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

    ६ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

    अनलाइन नेपाल
  • आइतबार, २८ मंसिर २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । नेपाल राष्ट्र बैङ्कले सोमबार छ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

    राष्ट्र बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।



    केन्द्रीय बैङ्कका अनुसार ट्रेजरी बिल नवीकरण गर्ने प्रयोजनका लागि सूचना जारी गरिएको हो । कूल चार अर्ब रूपैयाँको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गर्न लागिएको हो ।



    सो बिल आगामी चैत ३ गते परिपक्व हुनेछ । यस्तै दुई अर्बको ट्रेजरी बिल भने ३६४ दिने अवधिको रहेको छ ।

    सो बिल २०७८ मङ्सिर २८ गते परिपक्व हुनेछ । बैङ्कले यसअघि मङ्सिर २२ गते १७ अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार