Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पेट्रोलियम पदार्थ तस्करी गर्ने तीन जना पक्राउ

    पेट्रोलियम पदार्थ तस्करी गर्ने तीन जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ मंसिर २०७७
  • 2.9K
    SHARES

    फाइल तस्विर

    सप्तरी । सप्तरी प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थ तस्करी गरी ल्याउँदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार नेपाल–भारत सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थ तस्करी गरी ल्याउँदै गरेको छिन्नमस्ता गाउँपालिकाका सुरेन्द्र यादव, अरविन्द मण्डल र लालबाबु मण्डललाई आज पक्राउ गरिएको हो ।



    दुई मोटरसाइकल र एक साइकलमा गरी १०० भन्दा बढी लिटर डिजल अवैध रुपमा तस्करी गरी ल्याउँदै गरेको अवस्थामा तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए ।



    पेट्रोलियम पदार्थको तस्करी गरिरहेको अवस्थामा पक्राउ गरिएका तीनै जनालाई इलाका प्रहरी कार्यालय सखडामा राखी उनीहरुमाथि कानूनी प्रक्रिया अघि बढाएको प्रनाउ साहले जानकारी दिए ।

    गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले तीनै जनालाई दशगज्जा क्षेत्रबाटै नियन्त्रणमा लिएको थियो । नेपालबाट डिजल खरिद गरी भारततर्फ पु-याइरहेको सूचना पाइएकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

    यता पक्राउ परेकाको रिहाइको माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय छिन्नमस्ता (सखडा) घेराउ गरी प्रदर्शन गरेका थिए । पेट्रोलियम पदार्थसहित प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीय आन्दोलित भएका हुन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार