Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • गुडिरहेको बसमा एक्कासी आगो लागेपछि ..

    गुडिरहेको बसमा एक्कासी आगो लागेपछि ..

    अनलाइन नेपाल
  • सोमबार, २९ मंसिर २०७७
  • 3.7K
    SHARES

    फाइल तस्बिर

    दाङ । तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको बसमा गुडिरहेकै अवस्थामा एक्कासी आगो लागेको छ।

    नेपालगञ्जका लागि छुटेको रा १ ख २३७४ नम्बरको बसमा साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरियामा आगो लागेको हो। समयमै सावधानी अपनाएका कारण आगलागीबाट कुनै मानविय क्षती भने भएको छैन  ।



    बसका चालकले एकाएक आगो बलेपछि सबै यात्रुलाई नआत्तिएर एक एक गरि झर्न सुझाएएका थिए । समयमै सावधानी अपनाएका कारण कुनै मानविय क्षति हुन पाएको छैन ।



    चालक पतिराम चौधरीले  ब्याट्रीको तार सर्ट भएपछि बसको अगाडि भागवाट आगो सल्किएको जानकारी दिए।

    घटनास्थलमा इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी टोली पुगेको छ ।

    तुलसीपुर उपमहानगरपालिकाबाट दमकल पुगिसकेको र आगो निभाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार