Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कर्णालीमा ९४ हजारको पिसीआर परीक्षण

    कर्णालीमा ९४ हजारको पिसीआर परीक्षण

    अनलाइन नेपाल
  • मंगलबार, ३० मंसिर २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । कर्णाली प्रदेशमा ९४ हजारभन्दा बढीको आरटी–पिसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले प्रदेशका चार प्रयोगशालामा गरी ९४ हजार ३८२ जनाको पिसीआर परीक्षण गरेको जनाएको छ ।

    कर्णालीमा प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी सामुदायिक अस्पताल पश्चिम रुकुम प्रयोगशालामा पिसीआर विधिबाट कोरोनाको परीक्षण हुने गरेको छ । तीमध्ये सबैभन्दा बढी सुर्खेतबाट ४० हजार ५८ जनाको परीक्षण भएको छ ।



    महाशाखाका अनुसार जुम्लाबाट २७ हजार ९५५, दैलेखबाट छ हजार ८२५ र चौरजहारीबाट १० हजार ३५०, भेरी अस्पताल बाँकेबाट ५७, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङबाट २९, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट १७, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट दुई र कमलबजार प्रयोगशाला अछामबाट ८९ जनाको पिसीआर परीक्षण गरिएको छ ।



    महाशाखाद्वारा जारी प्रेस विज्ञप्तिमा हालसम्म सात हजार ११३ जना सङ्क्रमित भएको उल्लेख छ । कर्णालीबाहेक अन्य प्रदेशका ५५० र भारतीय नागरिक पाँचसमेत गरी कूल सङ्क्रमितको सङ्ख्या सात हजार नाघेको हो । त्यस्तै कोरोनामुक्त हुनेको सङ्ख्या छ हजार ६५७ रहेको छ । कर्णाली प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २९४ रहेको तथा मृत्यु हुनेका सङ्ख्या २२ रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार