Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

    बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

    अनलाइन नेपाल
  • मंगलबार, ३० मंसिर २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी छ । सभामुख अग्नी सापकोटा अनुपस्थित भएपछि संवैधानिक परिषदको बैठक साँझ ५ बजेलाई सारेर प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकमा सहभागी भएका छन् ।

    सोमबारको नियमित बैठक नबसेकाले मन्त्रिपरिषद् बैठक आज सारिएको एक मन्त्रीले जानकारी दिए । तर, पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला अप्ठ्यारोमा पुगेका प्रधानमन्त्री ओलीले महत्वपूर्ण निर्णय गर्न सक्ने पनि आकलन भएका छन् ।



    पार्टी विवादको प्रभाव संवैधानिक परिषदसम्म पुग्दा पूर्वमाओवादीको कोटाबाट सभामुख बनेका सापकोटा प्रधानमन्त्री अध्यक्ष रहेको परिषद बैठकमा समन्वय अभावको कारण देखाउँदै सहभागी भएनन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार