Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ९३६ जना कोरोना संक्रमित थपिदा १९९६ जना डिस्चार्ज, १४ जनाको मृत्यु

    ९३६ जना कोरोना संक्रमित थपिदा १९९६ जना डिस्चार्ज, १४ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ३० मंसिर २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ३६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्ट अनुसार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयका अनुसार आज १९ सय ९६ जनाले कोरोना जितेका छन् । नेपालमा यो सहित कोरोनामुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ ।



    मन्त्रालयका अनुसार देशभर हालसम्म सक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको छ । मंगलबार मात्र कोरोनाबाट थप १४ जनाको मृत्यु भएसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय ३० पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार