Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • देउवाले पनि गरे अध्यादेशको विरोध, ओलीलाई दिए यस्तो चेतावनी

    देउवाले पनि गरे अध्यादेशको विरोध, ओलीलाई दिए यस्तो चेतावनी

    अनलाइन नेपाल
  • मंगलबार, ३० मंसिर २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गरेको संबैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध गरेको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले फेसबुकमा एक स्टाटस लेख्दै संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको बताएका छन् ।



    उनले भनेका छन्–‘उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय ब्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद छ ।’



    ‘संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ । यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ । यसमा नेपाली कांग्रेसको प्रष्ट विमती छ ।’ सभापति देउवाले भनेका छन् ।

    यसअघि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै असन्तुष्ट पाँच नेताले ओलीलाई कारबाही गर्ने निर्याय गरिसकेका छन् ।

    नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेर वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले यस्तो निर्णय गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले चालेको कदम असंवैधानिक भएको भन्दै चौतर्फी रुपमा यसको विरोध शुरु भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार