पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु

पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु

अनलाइन नेपाल
  • बुधबार, पुष १ २०७७

  • 5.6K
    SHARES

  • पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु

    कास्की । पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    पोखरास्थित फिस्टेल अस्पतालमा उपचाररत पोखरा महानगरपालिका-१२ र पोखरा-१ का एक/एकजना पुरुषको मृत्यु भएको हो ।

    पोखरा-१२ का ८४ वर्षीय वृद्धको उपचारको क्रममा बुधबार बिहान ५:४५ बजे मृत्यु भएको उनले बताए ।

    यस्तै पोखरा-१ का ७६ वर्षीय पुरुषको मंगलबार राति १०:२० बजे मृत्यु भएको उनले बताए ।

    यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८६ पुगेको छ ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार