Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • अध्यादेश फिर्ता हुने भएपछि प्रचण्ड-नेपाल समूहपनि आफ्नो अडानबाट पछि हट्याे

    अध्यादेश फिर्ता हुने भएपछि प्रचण्ड-नेपाल समूहपनि आफ्नो अडानबाट पछि हट्याे

    अनलाइन नेपाल
  • बुधबार, १ पुष २०७७
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । संसद बैठक बोलाउनु पर्ने पक्षमा रहेको प्रचण्ड–माधव नेपाल समूहपनि आफ्नो अडानबाट पछि हटेको छ । प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद संवैधानिक परिषद्सम्बन्धी संशोधन अध्यादेश फिर्ता लिन राजी भएपछि प्रचण्ड–माधव नेपाल समूह आफ्नो अडानबाट पछि हटेको हाे ।

    ओलीले मंगलबार अध्यादेश ल्याएपछि प्रचण्ड-नेपाल समूह संसद अधिवेशन बोलाउनका लागि दवाव दिन राष्ट्रपतिलाई नै हस्ताक्षरसहितकाे निवेदन बुझाउन राष्ट्रपति कार्यलय शितल निवास पुगेको थियो ।



    तर बुधबार महासचिव विष्णु पौडेलसहित प्रचण्ड र ओलीबीच वालुवाटारमा भएको वार्तामा ‘ओलीले अध्यादेश फिर्ता लिने र प्रचण्ड–नेपाल समूह संसद बैठक बोलाउने अडानबाट पछि हट्ने’ सहमति भएको हो ।



    मंगलबार ओलीले अध्यादेश ल्याएसँगै नेकपाभित्रको विवाद थप चर्किएको थियो भने ओली इतर समूहले ओलीको निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको थियो । जसअनुसार दुई पक्षबीच विवादले चरम रुप लिएकै बेला बालुवाटारमा बसेको बैठकमा यस्तो समझदारी भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार