Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • ११ जना सहसचिवकाे सरुवा

    ११ जना सहसचिवकाे सरुवा

    अनलाइन नेपाल
  • बुधबार, १ पुष २०७७
  • 2.8K
    SHARES

    काठमाडाैं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११ जना सहसचिवहरुको सरुवा गरेकाे छ ।

    सरुवा हुने सह सचिवहरुमा तारानाथ अधिकारी, झक्क आचार्य, छवि रिजाल, बुद्ध गुरुङ, बद्री अधिकारी, राजेश पौडेल, किरणराज शर्मा, मधुसुदन बुर्लाकोटी, नारायण भट्ट लगायत छन् ।



    मन्त्रालयले बाग्मती प्रदेशका मधुसूदन बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालयमा तानेको छ । यस्तै सूचना विभागका महानिर्देशक किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव बुद्ध गुरुङ प्रधानमन्त्री कार्यालयमा पठाइएको छ ।



    यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ । अर्थ मन्त्रालयका झक्क आचार्य गृह मन्त्रालयमा पठाइएको छ । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव छवि रिजाललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइएको छ ।

    त्यस्तै श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका राजेश पौडेललाई लोक सेवा आयोगको कार्यालय, राष्ट्रपति कार्यालयका बद्री अधिकारीलाई श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयमा पठाइएको छ भने कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कमल भट्टराईलाई प्रदेश नम्बर १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार