Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेपाल र बंगलादेशबीच ५० हजार मेट्रिक टन युरिया मल आपूर्ति सम्झौतामा हस्ताक्षर

    नेपाल र बंगलादेशबीच ५० हजार मेट्रिक टन युरिया मल आपूर्ति सम्झौतामा हस्ताक्षर

    अनलाइन नेपाल
  • बिहिबार, २ पुष २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । नेपाल र बंगलादेशबीच ५० हजार मेट्रिक टन युरिया मल आपूर्तिका लागि ‘जिटुजी’ सम्झौता भएको छ ।

    बिहीबार भएकाे सम्झौतामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेशनका अध्यक्ष महमद एमिन उल अहसनले ढाकामा हस्ताक्षर गरेका हुन् ।



    युरिया मलको अन्तर्राष्ट्रिय मूल्यअनुसार प्रतिमेट्रिक टन अमेरिकी डलर २५९.१९५ मा सम्झौता भएको कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले विज्ञप्तिमार्फत जनाएका छन् ।



    उक्त मूल्य नेपाल सरकारले अनुदानमा प्रदान गर्ने युरिया मलको पछिल्लो अन्तर्राष्ट्रिय बोलपत्रको मूल्यभन्दा प्रति मेट्रिक टन अमेरिकी डलर १८.५२ ले न्यून हो ।

    उनका अनुसार कृषि सामग्री कम्पनी लिमिटेडले एलसी खोलेको दस दिनपश्चात् मल लोडिङ सुरु हुने सम्झौतामा उल्लेख छ भने ५० हजार मेट्रिक टन मल दुई महिनाभित्र बंगलादेशले उपलब्ध गराइसक्ने छ ।

    बंगलादेशको चट्टोग्रामबाट मल मङ्गला जलमार्गमार्फत जेस्वर वा खुल्ना हुँदै रोहनपुर/सिंहबाद हुँदै रेलमार्गमार्फत कृषि सामग्री कम्पनीको विराटनगर, विरगन्ज र भैरहवाका गोदामसम्म आपूर्ति हुनेछन् । केही मात्रामा मल चट्टोग्रामबाट भारतको कोलकत्ता वा हल्दिया हुँदै नेपाल ल्याइने प्रवक्ता केसीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार