Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • मन्त्रिपरिषद् बैठक सकियो, अध्यादेशबारे छलफल नै भएन

    मन्त्रिपरिषद् बैठक सकियो, अध्यादेशबारे छलफल नै भएन

    अनलाइन नेपाल
  • बिहिबार, २ पुष २०७७
  • 3.3K
    SHARES

    काठमाडाैं । मन्त्रिपरिषद्को बैठक सम्पन्न भएकाे छ। प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा साँझ बसेकाे बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने अपेक्षा गरिएकाे थियाे ।

    स्राेतका अनुसार बिहीबार बसेकाे बैठकले अध्यादेश फिर्ता गर्ने सम्बन्धी कुनै निर्णय गरेकाे छैन् ।



    साँझ ६ बजे बालुवाटारमा बोलाइएको मन्त्रिपरिषदको बैठकले अध्यादेशबारे केही पनि छलफल नगरेको एक मन्त्रीले जानकारी दिए । उनले भने, ‘आजकाे बैठक नियमित साप्ताहिक बैठक हो, बैठकमा अध्यादेशबारे कुनै छलफल भएन ।’



    सरकारले मंगलबार ल्याएको अध्यादेश फिर्ता गर्न प्रधानमन्त्री केपी शर्मा अ‍ोली सहमत भएका थिए । बुधबार बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री अ‍ोलीले अध्यादेश फिर्ता लिने निर्णय गरेका थिए ।

    नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री अ‍ोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेपछि मात्र अध्यादेश फिर्ता लिने बताएका थिए । बिहीबार भएको भेटमा प्रधानमन्त्री अ‍ोलीले प्रचण्डसँग राष्ट्रपतिलाई भेटेपछि फिर्ता लिने बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार