Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • नग्न तस्बिर सार्वजनिक गर्ने भन्दै साथीसँग लाखाै पैसा माग्ने युवक पक्राउ

    नग्न तस्बिर सार्वजनिक गर्ने भन्दै साथीसँग लाखाै पैसा माग्ने युवक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३ पुष २०७७
  • 2.6K
    SHARES

    काठमाडौँ । नक्कली इमेल आईडीबाट आफ्नै साथीलाई ब्ल्याकमेल गर्ने एक युवक पक्राउ परेका छन् । चिनेकै महिला साथीलाई अर्धनग्न तथा नग्न तस्बिर भएको र सो तस्बिरहरु सार्वजनिक नगर्नका लागि ७० लाख माग गर्ने सुमन रेग्मी पक्राउ परेका हुन् ।

    रेग्मीलाई बिहीबार प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । मोरङ विराटनगर उपमहानगरपालिका वडा नं. ३ घर भई हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–७ गल्फुटार बस्ने ३३ वर्षीय रेग्मी पक्राउ परेका ब्यूरोका प्रमुख नविन्द अर्यालले जानकारी दिए ।



    रेग्मीले नक्कली इमेलबाट आफ्नै महिला साथीलाई आफूसँग रहेको नग्न तस्बिर सार्वजनिक नगरिदिने हो भने ७० लाख मागेको अनुसन्धानबाट खुलेपछि प्रहरीले जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी लिएको थियो ।



    पुर्जी लिएपछि रेग्मी पक्राउ परेका हुन् । रेग्मीले ति महिला साथीलाई यौन उत्पीडन दिने, सेक्स एक्स्ट्रोक्सन गर्ने र नग्न तस्बिर सार्वजनिक गरिदिन्छु भन्दे हैरानी दिने गर्थे । पक्राउ परेका रेग्मीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार