Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • अध्यादेश फिर्ता गर्ने पार्टीकाे निर्णय कार्यान्वयन नगरिए थप एक्सनमा जान्छौं : प्रचण्ड

    अध्यादेश फिर्ता गर्ने पार्टीकाे निर्णय कार्यान्वयन नगरिए थप एक्सनमा जान्छौं : प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, ३ पुष २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले अध्यादेश फिर्ता गर्ने पार्टीकाे निर्णय कार्यान्वयनमा ढिलाइ गर्न नहुने बताएका छन् । साथै उनले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता नलिए त्यसको जवाफदेही प्रधानमन्त्री केपी शर्मा ओली नै हुनुपर्ने बताएका छन् ।

    प्रदेश-१ स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीले संस्थागत निर्णय गरिसकेकाले फिर्ता नलिए यसको सम्भावित परिणाम ओलीले नै बेहोर्नुपर्ने बताएका हुन् । अहिलेसम्मको अवस्था हेर्दा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता गर्ने विश्वास आफूलाई लागेको प्रचण्डले बताएका थिए ।



    “पछिल्लो अध्यादेश पार्टी र देश जनताको हितविपरीत हो । त्यसलाई उहाँले फिर्ता गर्छु भन्नु भएको छ,” प्रचण्डको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, “पार्टीले पनि निर्णय गरेको छ । फिर्ता गर्नुभएन भने त्यसको जिम्मेवार र जवाफदेही ओली नै हुनुपर्छ । पार्टी र सिंगो देशलाई जवाफ दिनुपर्छ ।”



    ओलीले फिर्ता गर्छु भनेपछि त्यसमा शंका-उपशङ्का नगर्न पनि प्रचण्डले आग्रह गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार