Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • कोरोनाको नयाँ रुप : ७० प्रतिशत धेरै सङ्क्रामक हुने

    कोरोनाको नयाँ रुप : ७० प्रतिशत धेरै सङ्क्रामक हुने

    अनलाइन नेपाल
  • आइतबार, ५ पुष २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । विश्वभर नै महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) का खोपहरुले पूर्णता पाइरहेका बेला लण्डनमा भने कोरोनाको नयाँ प्रकारको संक्रमण देखा परेको छ ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले ब्रिटेनमा देखा परेको कोरोना भाइरसको नयाँ प्रकार वा ‘नयाँ भेरीअन्ट’ बारे ब्रिटिश अधिकारीहरूसँग छलफल भइरहेको बताएको छ।



    ब्रिटिश सरकारका अनुसार यो नयाँ प्रकार अहिले लन्डनमा देखिएका अधिकांश सङ्क्रमितमा फेला परेको छ।



    नयाँ प्रकारको कोरोनाभाइरस साविकको भन्दा ७० प्रतिशत धेरै सङ्क्रामक हुने ठानिएपछि त्यसको सङ्क्रमणको गति नियन्त्रण गर्न ब्रिटिश सरकारले राजधानी लन्डन तथा वरपरका क्षेत्रमा कडा लकडाउनको घोषणा गरेको छ।

    क्रिसमस पर्वको बेला कोभिड नियन्त्रणका लागि गरिने कडाइ खुकुलो पारिने यसअघिको योजना अब उल्ट्याइएको छ।

    नयाँ म्यूटन्ट स्ट्रेन अर्थात् उत्परिवर्तित प्रकारको एउटा मामिला आफ्नो देशमा पनि भित्रिएको पाइएपछि नेदरल्यान्ड्सले ब्रिटेनबाट आउने यात्रुवाहक विमानसेवामा रोक लगाएको छ।

    प्रधानमन्त्री बोरिस जोन्सनले डाउनिङ स्ट्रीटमा बोल्दै भनेका छन्–‘भाइरसले आफ्नो प्रकार बदल्छ तब हामीले पनि आफ्नो रक्षाका तरिका बदल्नुपर्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार