काठमाडौं उपत्यकामा थपिए २३८ काेराेना संक्रमित

काठमाडौं उपत्यकामा थपिए २३८ काेराेना संक्रमित

अनलाइन नेपाल
  • आइतबार, पुष ५ २०७७

  • 5.4K
    SHARES

    काठमाडौं उपत्यकामा थपिए २३८ काेराेना संक्रमित

    काठमाडौं  । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०० महिला र १३८ पुरुष गरी २३८  जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १८ हजार १११ जना व्यक्ति संक्रमित भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा १७९, ललितपुरमा ३३ र भक्तपुरमा २६ जनालाई  कोरोना संक्रमण देखिएको छ।  त्यसैगरी, आज काठमाडौंमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।



    हालसम्म काठमाडौंमा मात्र ९४ हजार ७४ जना संक्रमित भएका छन्, जसमध्ये ४५४ जनाको मृत्यु भएको छ। हालसम्म ९० हजार ७९  जना निको भएका छन्।

    ललितपुरमा १४ हजार ७९४ जना संक्रमित भएका छन्। जसमा १४२ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १४ हजार २८ जना निको भएका छन्।

    भक्तपुरमा ८ हजार ६४३ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार २९८ जना निको भएका छन्। आज काठमाडौंमा ३ हजार ५४१  ललितपुरमा ६२४ र भक्तपुरमा २४८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार