Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • एनसेलकोे ‘दामी क्यासब्याक’ योजना

    एनसेलकोे ‘दामी क्यासब्याक’ योजना

    अनलाइन नेपाल
  • आइतबार, ५ पुष २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । एनसेल आजियाटा लिमिटेडले क्रिसमस तथा नयाँ वर्ष २०२१ को उपलक्षमा आफ्ना प्रिपेड ग्राहकका लागि ‘दामी क्यासब्याक’ योजना ल्याएको छ ।

    यो योजनाले ग्राहकलाई रु ५० र रु १०० को प्रत्येक रिचार्जमा पाउँदै आएको भन्दा बढि मेन ब्यालेन्स पाईने सुनिश्चित गरेको छ ।



    यो योजना अन्तर्गत रु ५० रिचार्ज गर्ने प्रत्येक ग्राहकले कम्तिमा हाल पाईने रु ४९.०२ भन्दा बढि अर्थात रु ५१ मेन ब्यालेन्स प्राप्त गर्दछन् । त्यसैगरी रु १०० को रिचार्जमा अब कम्तिमा विद्यमान रु ९८.०४ भन्दा बढि रु १०२ मेन ब्यालेन्स पाउँछन् ।



    यो योजना आइतबार (पुष ५) बाट लागु भएको छ र १५ दिनका लागि संचालनमा रहनेछ ।

    योजना अवधिमा रिचार्ज गर्ने प्रत्येक प्रिपेड ग्राहकलाई क्रमरहित रुपमा प्रत्येक रिचार्जमा विद्यमान भन्दा बढि मेन ब्यालेन्स प्रदान गरिने यो योजनाको प्रमुख विषेशता हो ।

    रु ५० रिचार्ज गर्ने ग्राहकले यो योजनामा अधिकतम रु १०० सम्म मेन ब्यालेन्स प्राप्त गर्न सक्छन् र त्यसैगरी रु १०० रिचार्ज गर्नेले रु २०० सम्म मेन ब्यालेन्स पाउनेछन् ।

    क्रिसमस तथा नयाँ वर्ष २०२१ को अवसरमा ग्राहकलाई रिचार्जमा थप मेन ब्यालेन्स सुनिश्चित गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा निकै हर्षित रहेको कम्पनीले जनाएको छ । रिचार्ज कार्ड, भर्चुअल फण्ड ट्रान्सफर (भीइफटी) तथा अनलाइन जुन कुनैपनि माध्यमबाट गरिएको रु ५० र रु १०० को प्रत्येक रिचार्जमा यो थप मेन ब्यालेन्सको लाभ लिन सकिनेछ । यो योजना पुस १९ गते सम्म लागु हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार