Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरू

    नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरू

    अनलाइन नेपाल
  • आइतबार, ५ पुष २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमका कारण निम्तिएको राजनीतिक भागदौडका कारण पछि धकेलिएको बैठक बालुवाटारमा साँझ ५ बजे सुरु भएको हाे।



    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएका छैनन्। नेकपाभित्रको द्वन्द्वका कारण संसद विघटन गर्ने अवस्थासम्म पुगेका ओली आफ्नै निवासमा आयोजित स्थायी समिति बैठक छल्न बाध्य भएका छन्।



    बैठकमा केपी ओलीको कदम र आगामी रणनीतिबारे छलफल हुने बुझिएको छ। प्रधानमन्त्री ओलीको कदमका कारण दिनभरिजसो नै गुल्जार बनेको बालुवाटारमा एकपछि अर्को नेताहरु आगामी रणनीतिबारे द्विपक्षीय तथा त्रिपक्षीय छलफलमा व्यस्त छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार