Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • राष्ट्रपति भण्डारीबाटै गणतन्त्र र संविधानमाथि खतरा बढ्याे : गगन थापा

    राष्ट्रपति भण्डारीबाटै गणतन्त्र र संविधानमाथि खतरा बढ्याे : गगन थापा

    अनलाइन नेपाल
  • आइतबार, ५ पुष २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय लोकतानित्रक गणतन्त्र र संविधानमाथि खतरा बढेकाे बताएका छन् ।

    संसद् विघटनपछि नयाँ बानेश्वरमा भएकाे कार्यक्रममा नेता थापाले राष्ट्रपति भण्डारी संविधानमै नभएको व्यवस्थाअनुसार संसद् विघटन गर्ने राष्ट्रपति आफ्नो राष्ट्रपति हुन नसक्ने बताए ।



    उनले राष्ट्रपति भण्डारीबाटै संघीय लोकतानित्रक गणतन्त्र र संविधानमाथि खतरा रहेको नेता थापकाे आराेप थियाे । साथै उनले संविधानविरुद्ध अपराध गर्नेहरुलाई सडकबाटै ठेगान लगाउने चेतावनी दिएका छन् ।



    “राष्ट्रपति विद्यादेवी भण्डारीले यही संसद्‌को शपथ खानुभएको होइन । आजबाट उहाँ तपाईं र मेरो राष्ट्रपति होइन, केपी ओली ग्याङको सदस्य मात्र हो,” उनले भने । संविधानको शपथ खाएर संविधानविरुद्धको अपराधमा भण्डारी संलग्न भएको पनि उनको आरोप थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार